जनजाति कल्याण आश्रम नेपाल दाेलखा द्वारा आयाेजित " देश र समाज निर्माणमा युवाको भूमिका " विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

दाेलखा।जनजाति कल्याण आश्रम नेपाल दाेलखाले सदरमुकाममा चरिकोटमा " देश र समाज निर्माणमा युवाको भूमिका " विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ। युवाहरूकाे सभालाई भिमेश्वर नगरपालिका मा मेयर ईश्वर नारायण मानन्धरले उद्घाटन गर्नुभएको थियाे।
भिमेश्वर नगरपालिका मेयर ईश्वर नारायण मानन्धरले युवा नै राष्ट्रको भविष्य, शक्ति र परिवर्तनका ध्वजवाहक भएको बताउनुभयो ।
उहाँ भन्नुहुन्छ देशको आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक र प्राविधिक विकासमा युवाहरूकाे महत्त्वपूर्ण भूमिका हुन्छ । शिक्षा र जागरूकताको अग्रदूत हाे युवा, आधुनिक शिक्षा, विज्ञान र प्रविधिको ज्ञान प्राप्त गरेर समाजमा जागरूकता फैलाउनेछन,अशिक्षा, अन्धविश्वास र गलत परम्पराहरूको विरुद्ध आवाज उठाउनेछन। मेयर मानन्धरले भन्नुभयो ।
रोजगारी र आर्थिक विकासको आधार,सामाजिक परिवर्तन र न्यायको नेतृत्व,राजनीतिक सुधार र देशभक्ति,प्रविधि र नवीनतम अविष्कारका ध्वजवाहक र सांस्कृतिक संरक्षण र अन्तर्राष्ट्रिय सम्बन्ध बढाउने मेरूदण्ड हुन युवाहरू उहाँ गर्वका साथ तारिफ गर्नुभयो ।युवा शक्ति नै राष्ट्र शक्ति हो।
आमाकाे छात्रवास दाेलखाका अध्यक्ष कृष्ण बहादुर गाैतम ले भन्नुभयो देशको उत्पादनशीलता बढाउँदै आर्थिक विकासमा योगदान पुर्याउँछन्। भ्रष्टाचार, असमानता, जातिगत भेदभाव जस्ता सामाजिक कुरीतिहरूको विरोध गर्छन्। मानव अधिकार, लैङ्गिक समानता र सामाजिक न्यायको लागि आन्दोलन चलाउँछन्। युवाले स्वच्छ राजनीति, जवाफदेह नेतृत्व र राष्ट्रिय एकताको लागि काम गर्छन् गाैतमले दावि गर्नुभयो । देशभक्ति, अनुशासन र सहिष्णुताको भावना बढाउँछन्।
युवाले परम्परागत संस्कृति, कला र साहित्यलाई अगाडि बढाउँदै आधुनिकतासँग जोड्छन्। अन्तर्राष्ट्रिय सम्बन्ध, विदेशी निवेश र ग्लोबलाइजेसनमा देशलाई प्रतिस्पर्धी बनाउँछन् नेपाल पत्रकार महासंघ दाेलखा अध्यक्ष प्रभु जिरेल भन्नुभयो ।
युवा नै कुनै पनि राष्ट्रको Change Maker"हुन्। उनीहरूको ऊर्जा, सोच र सकारात्मक पहलले मात्र देश प्रगतिको मार्गमा अग्रसर हुन सक्छ, त्यसैले युवालाई सशक्त बनाउने, शिक्षित बनाउने प्रयास गर्नुपर्छ नेपाल पत्रकार महासंघ दाेलखाका निबर्तमान अध्यक्ष दिपशंकर चाैलागाईले भन्नुभयो ।
जनजाति कल्याण आश्रमका केन्द्रीय महासचिव प्रेम थुलुङ्ग भन्नुभयो ,नेपालमा रोजगारीको अभावले युवाहरूलाई विदेशिन बाध्य बनाएको छ। गाउँहरू सुनसान भइरहेका छन् किनभने धेरै युवा अमेरिका, युरोप, खाडी मुलुकहरू र भारततिर पलायन भएका छन् ।
विदेश जाने युवाहरूले देशको उत्पादनशील शक्ति घटाएका छन्, जसले गर्दा नेपाल कृषिमा पनि आत्मनिर्भर हुन सकेको छैन । युवाहरूको पलायनले गाउँहरूमा बालबालिका, महिला र बृद्धहरू मात्र बाँकी छन्, जसले सामाजिक संरचनालाई नै प्रभावित गरेको छ थुलुङ्गले दावि गर्नुभयो ।
कार्यक्रमका सभापति एवम जनजाति कल्याण आश्रम दाेलखाका संयाेजक राजन बस्नेतले नेपालका युवाहरू आर्थिक अभाव, रोजगारीको खोज, सामाजिक एक्लोपन र राजनीतिक उपेक्षाका कारण पिडामा भएको बताउनुभयो । यदि युवाशक्तिलाई सही दिशामा लगाउन सकियो भने नेपाल विकासको नयाँ चरणमा प्रवेश गर्न सक्छ,बस्नेतले भन्नुभयो अन्यथा देशको भविष्य अझै गम्भीर हुने देखिन्छ । त्यसैले स्थानीय सरकारले पालिकाहरू मै राेजगारिकाे ब्यवस्था गर्न जरुरी छ बस्नेतले भन्नुभयो ।
युवा परिवर्तनको सकारात्मक संवाहक हुन : देशभित्रै लगानीको बातावरण तिन वटै सरकारले चाँडोभन्दा चाँडो गर्नुपर्छ ।
जनजाति कल्याण आश्रम नेपाल युवा आयाम द्वारा आयोजित-" देश र समाज निर्माणमा युवाको भुमिका"विषयक अन्तरक्रिया कार्यक्रममा जनजाति कल्याण आश्रम का महासचिव थुलुङ्गले दोलखा जिल्लाका युवा लाई प्र शिक्षण दिनुभएको थियोे ।
कार्यक्रम बिभाग संगठन सचिव गणेश कुमार प्रजाले संचालन गर्नुभएको थियोे ।