
जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ५७ करोड ४७ लाख बराबरको बजेट ल्याएको छ ।
जिरी नगरपालिकाले आज आयोजना गरेको १६ औं नगर सभामा नगर उपप्रमुख कृष्णमाया बुढाथोकी खड्काले ५७ करोड ४७ लाख १६ हजार बराबरको बजेट प्रस्तुत गर्नुभएको हो । प्रस्तुत बजेटमा चालुतर्फ ३९ करोड ७२ लाख १६ हजार र पूँजीगततर्फ १७ करोड ७५ लाख रहेको छ । कूल बजेटको ६९ दशमलव १२ प्रतिशत चालु र ३० दशमलव ८८ प्रतिशत पूँजिगत खर्च रहेको छ ।
पूँजिगततर्फ नगरस्तरीय पूर्वाधार विकासका योजनाकालागि १ करोड ४४ लाख र वडास्तरीय योजना तथा कार्यक्रम संचालनकालागि ४ करोड ८४ लाख बजेट रहेको छ । जिरी नगरपालिकाले स्वास्थ्य शाखातर्फ १ करोड ८१ लाख ५० हजार, शिक्षा शाखातर्फ १ करोड ५३ लाख ७५ हजार, कृषि तथा पशु विकासतर्फ ५५ लाख ७ सय ८० रुपैयाँ र विपद् व्यवस्थापनतर्फ ३२ लाख बजेट विनियोजन गरेको छ