गौरीशंकर गाउँपालिकाको बजेट ६४ करोड

दाेलखा गौरीशंकर गाउँपालिकाले पनि आगामी आर्थिक वर्षका लागि ६४ करोड २२ लाख बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँसभाको १७ औँ अधिवेशनमा आगामी आर्थिक वर्षको लागि ६४ करोड २२ लाख ६९ हजार बराबरको बजेट सार्वजनिक गरेको हो ।
गाउँसभामा उपाध्यक्ष उमा लुङ्गेली मगरले गौरीशंकरमा आगामी वर्षका लागि संघीय सरकारबाट ३८ करोड २२ लाख ५७ हजार, प्रदेश सरकारबाट ११ करोड ९३ लाख १२ हजार र गाउँपालिकाको आन्तरिक राजस्वतर्फ ३३ लाख आम्दानी हुने अनुमान सहित ६४ करोड २२ लाख ६९ हजार बराबरको बजेट गाउँसभामा प्रस्ताव गरेकी थिइन् ।