मेलुङले गर्याे यस बर्ष ५३ करोड बराबरको बजेट सार्वजनिक

दोलखा । दोलखाको मेलुङ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५३ करोड बराबरको बजेट सार्वजनिक गरेको छ ।
पालिकाको १७ औँ अधिवेशनमा उपाध्यक्ष गायत्री आचार्यले ५३ करोड ७ लाख २८ हजार बराबरको बजेट प्रस्तुत गर्नुभएको हो । जसअनुसार चालुतर्फ ३३ करोड २० लाख ७७ हजार र पूँजीगततर्फ १९ करोड ८६ लाख बजेट विनियोजन गरिएको छ । गाउँपालिकाले पूर्वाधार विकासतर्फ १३ करोड ६० लाख बजेट विनियोजन गरेको छ ।
यस्तै, शिक्षातर्फ १ करोड ५२ लाख, कृषी तथा पुशपन्छी तर्फ १ करोड ५८ लाख ५० हजार र स्वास्थ्यतर्फ ७६ लाख ५० हजार बजेट विनियोजन भएको छ ।
राष्ट्रिय रोजगार कार्यक्रम साझेदारीका लागि २९ लाख ७२ हजार, संस्थागत क्षमता, सुशासनका लागि २ करोड ३४ लाख ३० हजार, गाउँपालिकाले कार्यालय सञ्चालन तथा प्रशासनिक शीर्षकमा ७ करोड ६३ लाख तथा सूचना प्रविधिमा ८ लाख ५० हजार छुट्टाएको छ ।