भीमेश्वर नगरपालिका८८ करोडको बजेट सार्वजनिक, शिवताल र पर्यटक मैत्री पदमागको निर्माण गरिने

दोलखा।भीमेश्वर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ कालागि ८८ करोडको बजेट सार्वजनिक गरिएको छ । मंगलवार सातौं नगरसभा समक्ष सो बजेट सार्वजनिक गरिएको हो ।
नगरसभामा बजेट बक्तब्य प्रस्तुत गर्दै भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेतले आर्थिक वर्ष २०८२/८३ कालागि ८८ करोड ६ लाख सातहजार रुपैयाँको अनुमानित आय–ब्ययको विवरण ( बजेट) प्रस्तुत गर्नु भयो ।
प्रस्तावित बजेटमा आर्थिक विकासमा १ करोड ३७ लाख, सामाजिक विकासमा ३ करोड ३१ लाख ८० हजार, भौतिक पूर्वाधार विकासमा १५ करोड ४३ लाख ५० हजार तथा कार्र्यालय सञ्चालन र प्रशासनिक क्षेत्रमा १२ करोड ११ लाख २० हजार, विनियोजन गरिएको छ । यसैगरी वडाले सिफारिस गरेका योजना कार्यन्वयनकालागि ८ करोड, संघीय तथा प्रदेश सरकारको शशर्त अनुदान, समपुरक अनुदान तथा विशेष अुनुदान तर्फ ४४ करोड ६८ लाख ५७ हजार रुपैयाँ, वित्तीय ब्यवस्थापनतर्फ २ करोड ३७ लाख तथा विशेष कोषतर्फ ७७ लाख विनियोजन गर्ने प्रस्ताव गरिएको उप्रमुख बस्नेतले जानकारी दिनुभयो ।
प्रस्तावित बजेटमा आन्तरिक स्रोतबाट ८ करोड २७ लाख ५८ हजार छ सय त्रिचालिस रुपैयाँ अर्थात कुल बजेटको ९ दशमलब ३९ प्रतिशत परिचालन गरिने लक्ष्य राखिएको छ ।
यस्तै संघीय सरकार मार्फत वित्तीय समानिकरण अनुदान १५ करोड ८९ लाख, सशर्त अनुदान ३६ करोड २८ लाख, समपुरक १ करोड १९ लाख, तथा विशेष अनुदान ७५ लाख प्राप्त हुने बजेटमा अनुमान गरिएको छ । यसैगरी बागमती प्रेदेश सरकारबाट समानिकरण अनुदान १ करोड ७१ लाख ९२ हजार, सशर्त अनुदान ४ करोड ४४ लाख ५७ हजार, विशेष अनुदान ६० लाख तथा समपुरक अनुमान २ करोड ३२ लाख प्राप्तहुने बजेटको अपेक्षा रहेको छ ।
राजश्व बाँडफाँड मार्फत संघीय सरकारबाट १० करोड ११ हजार दुईसय, बागमती प्रदेश सरकारबाट ५ करोड ५७ लाख ८८ हजार, तथा स्थानीय राजश्व बाँडफाँडाबाट ३० लाख प्राप्त हुने अनुमान छ ।
बजेट बक्तब्यमा घटना दर्ता तथा राजश्व संकलन कार्य लाई अनलाईन भुक्तानी प्रणालीमा आवद्ध गरिने, जेष्ठ नागरिक सहायक समग्री सहयोग, इञ्जिनीयरिङ कलेज स्थापनाकालागि सम्भाब्यता अध्ययन गरिने, भीमेश्वर महिला आत्म निर्भर कार्यक्रम सञ्चालन गरिने, भीमेश्वर नगरपालिका वडा नम्बर नौ मा रहेको शिवपोखरीलाई शिवतालको रुपमा विकास गरिने, मञ्जुश्री पार्क देखि देउराली सम्म पर्यटक मैत्री पदमागको निर्माण गरिने लगायतका कार्यक्रमहरु बजेट बक्तब्यमा समेटिएको छ ।
नगरसभा भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धरको अध्यक्षतामा बसेको थियो । बजेट बक्तब्य अघि नगरसभामा भीमेश्वर नगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो ।