२८ असार २०८२, शनिवार

बाढीले बगायो मेलम्ची र लार्चाको ह्युमपाइप

ओके कान्तिपुर संवाददाता३ असार २०८२, मङ्गलवार

असार ३ गते । सोमबार राति आएको मेलम्ची बाढीले मेलम्ची नगरपालिका–११ मा रहेको फट्टे र भोटेकोशी गाउँपालिका–२ लार्चाको (अस्थायी पुल) ह्युमपाइप बगाएको छ । फट्टेको ह्युमपाइप (अस्थायी पुल) बगाएपछि मेलम्चीबाट दुवौचार, पाल्चोक जाने सडक अवरुद्ध भएको छ । बाह्रबिसे –तातोपानी नाका सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालयका एसपी रामेश्वर कार्कीका अनुसार केही दिनदेखि परेको वर्षातको मेलम्ची बाढीले हिजो राति फट्टेको ह्युमपाइप बगाएको थियो । ह्युमपाइप बगाएपछि मेलम्ची नगरपालिका–७, ८, हेलम्बु गाउँपालिका–२ र ३ र पाँचपोखरी थाङपाल गापा–१ र २ नम्बर वडाको स्थानीवासीलाई प्रत्यक्ष असर पुगेको छ । २०७८ असार १ गतेको भीषण मेलम्ची बाढीले फट्टेको मोटरेबल पुल बगाएको थियो ।

असार २ गते राति भोटेकोशी नदी उर्लेर आएपछि लार्चाको ह्युमपाइप बगाएको छ । ह्युपाइप बगाएपछि तातोपानी नाका जोड्ने सडक सम्बन्ध टुटेको जिप्रकाले जनाएको छ । वर्षातले भोटेकोशी नदीको बाहव बढिरहेको छ । लार्चामा बेलिबिज्र हाल्ने काम भइरहेको छ । केही दिनमा उक्त स्थानमा बेलिब्रिज हाल्ने काम सम्पन्न हुनेछ ।

बाढीले ह्युमपाइप बगाएपछि तातोपानी नाकाबाट राजधानी जाने मालबाहक कन्टेनर नाका क्षेत्रमै रोकिएका छन् । गत वर्ष असोज ११ र १२ गतेको भीषण भोटेकोशी नदीको बाढीले लार्चाको बेलिब्रिज बगाएको थियो ।

लेखकको बारेमा

ओके कान्तिपुर संवाददाता

न्युज अपडेटस्
न्युज ट्रेन्डिङ्ग

सम्बन्धित समाचारहरु

शैलुङले यस बर्षकाे लागि ल्यायो ६६ करोड ८० लाख १६ हजार बराबरको बजेट

तामाकोसीले सार्वजनिक गर्याे ७५ करोड ६६ लाख ५० हजार बराबरको बजेट

गौरीशंकर गाउँपालिकाको बजेट ६४ करोड

बैत्यश्वले ५६ करोड ३८ लाख १९ हजार ७ सय बराबरको बजेट सार्वजनिक गर्याे

भीमेश्वर नगरपालिकाले ८८ करोडको बजेट सार्वजनिक गर्याे, शिवताल र पर्यटक मैत्री पदमागको निर्माण गरिने

भीमेश्वर नगरपालिका८८ करोडको बजेट सार्वजनिक, शिवताल र पर्यटक मैत्री पदमागको निर्माण गरिने

हरियाली सहर’ कार्यक्रमदेखि ‘वर पिपल’ रोप्ने अभियानसम्म

गण्डकीको बजेट : आन्तरिक ऋणसहित करिब ३२ अर्ब (पूर्णपाठ)

बजेटको आकार बढाएको मधेस प्रदेशको बजेटमा के छ ? (पूर्णपाठसहित)

चरिकोट क्याम्पसमा नेविसंघका नेता सम्राट मानन्धर बने स्ववियु सभापति