२७ असार २०८२, शुक्रवार

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न आदेश

ओके कान्तिपुर संवाददाता३ असार २०८२, मङ्गलवार

काठमाडौं– जिल्ला अदालत काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई धरौटीमा छाड्न आदेश दिएको छ । 

अदालतका न्यायाधीश तारादेवी महर्जनको इजलासले मंगलबार उनलाई तीन लाख धरौटीमा छाड्न आदेश दिएको हो । 

 

यसअघि हाजिरी जमानीमा रिहा भएका मिश्र अदालतको सम्पर्कमा थिएनन् । उनी मंगलबार बिहान जिल्ला अदालतमा हाजिर भएका थिए ।

यसअघि सोमबार अदालतले राप्रपाका महामन्त्री धवल शमशेर जबरालाई पनि धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

 

लेखकको बारेमा

ओके कान्तिपुर संवाददाता

न्युज अपडेटस्
न्युज ट्रेन्डिङ्ग