२७ असार २०८२, शुक्रवार

स्थानीय उत्पादनको माग तथा बिक्री ६०% ले वृद्धि गराउने संस्थाकाे तेस्रो अधिवेशनले नेपालीलाई बनायो सर्वसम्मत अध्यक्ष

दीपशंकर चौलागाई२ असार २०८२, सोमवार

दाेलखा।नेपाल कपडा तथा सिलाई व्यवसायी संघको छैठौ साधारण सभा तथा तेसो अधिवेशन सम्पन्न भएकाे छ। 

अधिवेशनले हरिकृष्ण नेपालीकाे अध्यक्षता १५ सदशिय जिल्ला कार्यसमिति  निर्वाचित गरेकाेछ ।समितिकाे उपाध्यक्षहरूमा ठगबहादुर नेपाली ,गुरू नेपाली र सीता नेपाली  निर्वाचित भएकाछन ।सचिव,सहसचिव ,काेषाध्यक्षमा करमश सिताराम श्रेष्ठ ,रवि नेपाली ,रविना भुजेल निर्वाचित भएकाे नेपाल कपडा तथा सिलाई व्यवसायी संघ दाेलखाले जनाएको छ। तेसो अधिवेशनले ज्ञान बहादुर  नेपाली ,राम बहादुर थामी, पार्वती दहाल,  सुजन नेपाली ,पार्वती श्रेष्ठ ,सविना फुयाल ,चन्द्र नेपालीलाई सदस्यमा सर्वसम्मत चयन गरेकाे छ।

आर्थिक सम्वृद्धीकाे लागि  काेशेढुङ्गा सावित भएकाे संस्थाले  एक बर्षमा महिला उद्यमीको सहभागिता ४०% बाट ७०% सम्म वृद्धि गराएकाे तथाङ्क सार्वजनिक  गरेकाे छ।

 

स्थानीय उत्पादनको माग तथा बिक्री ६०% ले वृद्धि  गराउदै संस्थाले जिल्लामा ५०% ले नयाँ व्यवसायीको संख्यामा वृद्धि गरेकाे  संस्थाका अध्यक्ष  हरि नेपालीले जानकारी  दिनुभयो । उहाँले भन्नुभयो व्यवसायीहरुको आम्दानीमा ३०% वृद्धि भएकाे छ।

स्थानीय उत्पादन प्रवर्द्धनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार खोजीमा छाै हामीलाई संघिय तथा प्रदेश सरकारकाे सहयोग  चाहिएकाे संस्थाका केन्द्रीय 

महासचिव इश्वर कुमार नेपाली भन्नुभयो 

 नयाँ व्यवसायी तथा उद्यमीहरुका लागि सहुलियत ऋण कार्यक्रम ल्याई नयाँ प्रविधिको प्रयोगद्वारा सिलाई तथा कपडा ब्यवसायलाई आधुनिक बनाउने तयारमा छाै । नेपाल कपडा तथा सिलाई ब्यवसायी संघ दोलखा जिल्लाले विगत एक वर्षमा प्रभावकारी रुपमा व्यवसाय प्रवर्द्धन, सीप अभिवृद्धि तथा संस्थागत सुदृढीकरणका विभिन्न कार्यक्रमहरु सम्पन्न गरेकोका महासचिव नेपालीले विशेष याेगदानकाे खुलेर प्रशंसा गर्नुभयाे । संस्थाका केन्द्रीय  अध्यक्ष एवम प्रमुख अतिथि रामकृष्ण श्रेष्ठले व्यवसायीहरुको आर्थिक उन्नति, महिला सशक्तिकरण, तथा स्थानीय उत्पादन प्रवर्द्धनका दृष्टिले जिल्ला संघले अतुलनीय योगदान गरेकाेमा तारिफ गर्नुभयो ।

 

  वागमती प्रदेशका मुख्य मन्त्रि बहादुर सिंह लामालाई दोलखा जिल्लामा उत्पादित अल्लोको कोट मायाको चिनाे स्वरूप राष्ट्रिय महिला उद्यमी जिल्ला सभापति रविना भुजेल  लगाएतकाे टाेलीले हस्तान्तरण गरेकाे थियोे ।

 

 दोलखा महोत्सवमा नेपाल कपडा तथा सिलाई ब्यबसायी संघलाई दुई दुई वटा टिकट वितरण गरिएको थियो।  नेपाल कपडा तथा सिलाई व्यवसायी संघले दोलखा उद्योग वाणिज्य संघमा बस्तुगत सदस्य लिएको छ।

नेपाल कपडा तथा सिलाई व्यवसायी संघ, दोलखा जिल्लाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन  वार्षिक कार्य योजना प्रस्तुत गरिएकाे थियोे ।

 

लेखकको बारेमा

दीपशंकर चौलागाई

उहाँले विभिन्न विधामा कलम चलाउँदै आउनु भएको छ। 

न्युज अपडेटस्
न्युज ट्रेन्डिङ्ग

सम्बन्धित समाचारहरु