२८ असार २०८२, शनिवार

बजेटको आकार बढाएको मधेस प्रदेशको बजेटमा के छ ? (पूर्णपाठसहित)

दीपशंकर चौलागाई१ असार २०८२, आइतवार

काठमाडौं– आर्थिक वर्ष ०८२/०८३ को बजेटको आकार ६.१३ प्रतिशतले मधेस प्रदेशकाले ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजार रुपैयाँ पुर्‍याएको छ । 

आइतबार मधेस प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादवले प्रस्तुत गरेको बजेटमा चालु तर्फ १६ अर्ब ७२ करोड ५ लाख १७ हजार अर्थात् ३५.८९ प्रतिशत विनियोजन गरेका छन् भने पुँजीगत तर्फ ३० अर्ब २६ करोड २८ लाख २४ हजार रुपैयाँ अर्थात् ६४.११ प्रतिशत विनियोजन गरेका छन् । 

 

आन्तरिक राजश्वतर्फ ९ अर्ब ५० करोड ८३ लाख वित्तीय समानीकरणतर्फ ७ अर्ब ७२ करोड १९ लाख, सशर्त अनुदानतर्फ ४ अर्ब २६ करोड १८ लाख, विशेष अनुदानतर्फ ३९ करोड ४५ लाख तथा समपूरक अनुदानतर्फ ३५ करोड ८२ लाख रुपैयाँ रहेको छ । 

यसपटक मधेशले राजश्व बाँडफाँटबाट १ अर्ब ३५ करोड, अघिल्लो वर्षको नगद मौज्दातबाट १० अर्ब ३८ करोड र आन्तरिक ऋणबाट २ अर्ब रुपैयाँ जुटाउने लक्ष्य लिएको छ ।

यादवले बजेटमा ऊर्जा सिचाई तथा खानेपानी मन्त्रालयलाई ४ अर्ब ४१ करोड ८९ लाख ८९ हजार रुपैयाँ विनियोजन गरेका छन् ।

यस्तो छ पूर्णपाठ :

लेखकको बारेमा

दीपशंकर चौलागाई

उहाँले विभिन्न विधामा कलम चलाउँदै आउनु भएको छ। 

न्युज अपडेटस्
न्युज ट्रेन्डिङ्ग

सम्बन्धित समाचारहरु

शैलुङले यस बर्षकाे लागि ल्यायो ६६ करोड ८० लाख १६ हजार बराबरको बजेट

तामाकोसीले सार्वजनिक गर्याे ७५ करोड ६६ लाख ५० हजार बराबरको बजेट

गौरीशंकर गाउँपालिकाको बजेट ६४ करोड

बैत्यश्वले ५६ करोड ३८ लाख १९ हजार ७ सय बराबरको बजेट सार्वजनिक गर्याे

भीमेश्वर नगरपालिकाले ८८ करोडको बजेट सार्वजनिक गर्याे, शिवताल र पर्यटक मैत्री पदमागको निर्माण गरिने

भीमेश्वर नगरपालिका८८ करोडको बजेट सार्वजनिक, शिवताल र पर्यटक मैत्री पदमागको निर्माण गरिने

हरियाली सहर’ कार्यक्रमदेखि ‘वर पिपल’ रोप्ने अभियानसम्म

बाढीले बगायो मेलम्ची र लार्चाको ह्युमपाइप

गण्डकीको बजेट : आन्तरिक ऋणसहित करिब ३२ अर्ब (पूर्णपाठ)

चरिकोट क्याम्पसमा नेविसंघका नेता सम्राट मानन्धर बने स्ववियु सभापति