२८ असार २०८२, शनिवार

प्रकाशमानले छुट्याए गणेशमानको नाम जोडिएका ५० आयोजनामा बजेट

ओके कान्तिपुर संवाददाता२६ जेठ २०८२, सोमवार

 सहरी विकास मन्त्री प्रकाशमान सिंहले आफ्ना पिता तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंह जोडिएको ५० वटा आयोजनामा बजेट विनियोजन गरेका छन् । सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षमा सञ्चालन गर्नेगरी ती आयोजनामा उहाँले बजेट विनियोजन गरेका हुन् ।

मन्त्री सिंहले गणेशमानको नाम जोडिएका पार्क, स्टेडियम, प्रतिष्ठान, मार्ग, रङ्गशाला,  भवन, ज्येष्ठ नागरिक केन्द्र लगायतका ५० वटा आयोजनामा बजेट विनियोजन गरेका हुन् ।मन्त्री सिंहले आर्थिक तथा वित्तीय उत्तरदायित्व ऐन र आयोजना बैंकको मापदण्ड विपरीत ती आयोजनामा बजेट विनियोजन गरेका छन् ।

लेखकको बारेमा

ओके कान्तिपुर संवाददाता

न्युज अपडेटस्
न्युज ट्रेन्डिङ्ग