२८ असार २०८२, शनिवार

पहिरोले नेपाल- चीन सिमाना किमा थाङ्का नाकाको ७१ (१) नम्बर सीमा स्तम्भ पुरियो

ओके कान्तिपुर संवाददाता२६ जेठ २०८२, सोमवार

सङ्खुवासभा उत्तरी क्षेत्र किमा थाङ्कामा बाढीले नेपाल -चीन सिमानाको सीमा स्तम्भ पुरिएको छ । अविरल वर्षासँगै आएको बाढीले उत्तरी  क्षेत्र  भोट खोला १ किमा थाङ्का  नाका नजिकै रहेको ७१  (१)नम्बरको सीमा स्तम्भ पुरिएको सशस्त्र प्रहरी बल नेपाल  नम्बर ४ गुल्म अरुण गुल्म चैनपुरका डिएसपी अमर लामाले जानकारी दिनुभयो ।  नेपाल – चिन सिमानामा  रहेको ७१ र १ नम्बरको सीमा स्तम्भ बगाएको हो ।

बाढीले बगाएको नेपाल –  चिन सीमा सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट किमा थाङ्का बाट १६ किलोमिटर दुरीमा पर्दछ । भोट खोला- १ स्थित दोङगोप्पा खोला र छोकाङ खोलामा जेठ १८ गते आएको बाढीले नेपाल – चिन सिमानाको ७१ र १ नम्बर सीमा स्तम्भ बगाएको सशस्त्र प्रहरीका डिएसपी लामाले बताउनुभयो । किमा थाङ्का विओपिबाट सशस्त्र प्रहरी निरीक्षक वसन्त पण्डितको टोलीले गस्ती खटिएको बेला सीमा स्तम्भ बगाएको जानकारी गराउनु भएको थियो ।

लगातारको वर्षापछि आएको  बाढीले ७१ र १  नम्बरको सीमा स्तम्भ पुरिए बेपत्ता भएको छ । माथिल्लो  क्षेत्रमा केही दिन यता लगातार वर्षा भइरहेको छ । सङ्खुवासभामा २१ वटा सीमा स्तम्भ रहेका छन् । किमा थाङ्का नाकामा २०७६ पुसमा सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट स्थापना भएको हो ।

लेखकको बारेमा

ओके कान्तिपुर संवाददाता

न्युज अपडेटस्
न्युज ट्रेन्डिङ्ग

सम्बन्धित समाचारहरु

नेपालले जापानलाई ९ विकेटले हरायो

सरकारले बनायो नेपाली सुरक्षादेखि उद्धारको कार्य योजना

संविधानको रक्षार्थ दुई बुँदे सहमति: पुष्पकमल दहाल

मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु

अमेरिकाले ‘डिपोर्ट’ गरेका ४० बढी नेपालीलाई आज काठमाडौं ल्याईंदै

दोलखाको गौरीशंकरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु

भजन प्रविणकाे निधन,संगितका क्षेत्रमा अपूरणीय क्षेति

बैत्यवरकाे अध्यक्षमा सुभद्रा खड्का , दाेलखा कांग्रेसकाे सांगठनिक सुदृढीकरणकाे अभियानमा लाग्यो महिला संघ दाेलखा,

दोहोरो सुविधा लिएको भन्दै सातै प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूविरुद्ध सर्वोच्चमा रिट

चरिकोटमा विरोध प्रदर्शन र पुत्ला दहन