२७ असार २०८२, शुक्रवार

अमेरिकाले ‘डिपोर्ट’ गरेका ४० बढी नेपालीलाई आज काठमाडौं ल्याईंदै

ओके कान्तिपुर संवाददाता२५ जेठ २०८२, आइतवार

काठमाडौं- अमेरिका पुगेका ४० जनाभन्दा बढी नेपालीलाई देश निकाला गरी आज चार्टर्ड विमानबाट काठमाडौँ ल्याइँदैछ ।

आज अपराह्न ४ बजेतिर अमेरिकाले देशनिकाला गरेका नेपालीहरू ल्याइरहेको विमान अवतरण गर्ने जानकारी अध्यागमन विभागका महानिर्देशक गोविन्दप्रसाद रिजालले दिनुभएको हो ।

अमेरिका बस्न पाउने कागजपत्रविहीन नेपालीहरूलाई पक्राउ गरी नेपालतर्फ पठाइँदै गरेको हो । शुरुमा ५० जनालाई निकाला गरी काठमाडौँ पठाउने जानकारी आएपनि त्यो संख्या ४० देखि ५० को बीचमा रहने महानिर्देशक रिजालले बताउनुभयो ।

नेपाल पठाउने सूचीमा रहेकामध्ये केहीलाई अमेरिकामै राखेर अनुसन्धान अघि बढाइएको अमेरिकी समार माध्ययले जनाएका छन् । एकैपटक ४० जनाभन्दा बढी नेपाललीलाई अमेरिकाले देशनिकाला गरेको पहिलोपटक भएको बताइएको छ ।

आज काठमाडौँ ल्याइनेहरूलाई नेपाल प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोको जिम्मा लगाइनेछ । उनीहरू मानव तस्करलाई एक करोड रुपैयाँसम्म बुझाएर तस्करीको बाटोबाट अमेरिका पुगेकोले उनीहरूलाई त्यहाँबाट निकालिएको समाचारमा उल्लेख छ ।

लेखकको बारेमा

ओके कान्तिपुर संवाददाता

न्युज अपडेटस्
न्युज ट्रेन्डिङ्ग

सम्बन्धित समाचारहरु

नेपालले जापानलाई ९ विकेटले हरायो

सरकारले बनायो नेपाली सुरक्षादेखि उद्धारको कार्य योजना

संविधानको रक्षार्थ दुई बुँदे सहमति: पुष्पकमल दहाल

पहिरोले नेपाल- चीन सिमाना किमा थाङ्का नाकाको ७१ (१) नम्बर सीमा स्तम्भ पुरियो

मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु

दोलखाको गौरीशंकरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु

भजन प्रविणकाे निधन,संगितका क्षेत्रमा अपूरणीय क्षेति

बैत्यवरकाे अध्यक्षमा सुभद्रा खड्का , दाेलखा कांग्रेसकाे सांगठनिक सुदृढीकरणकाे अभियानमा लाग्यो महिला संघ दाेलखा,

दोहोरो सुविधा लिएको भन्दै सातै प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूविरुद्ध सर्वोच्चमा रिट

चरिकोटमा विरोध प्रदर्शन र पुत्ला दहन