प्रदेश स्तरीय राष्ट्रपति रनिङशिल्डकाे उपाधि काठमाडौलाई

दोलखा । प्रदेश खेलकुद परिषदको आयोजना र जिल्ला खेलकुद विकास समितिको समन्वयमा भएको बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताकाे उपाधि काठमाडौ जिल्ला हात पारेकाे छ।
प्रतियोगितामा ललितपुर जिल्ला दाेस्रो र भक्तपुर जिल्ला तेस्रो स्थान हासिल गर्न सफल भएकाछन ।छात्र भलिबलमा काठमाडौ र छात्रा भलिबलमा दोलखाले स्वर्ण हात पारेको थियोे । छात्र भलिबलमा काठमाडौले सिन्धुलीलाई र छात्रा भलिबलमा दाेलखाले रामेछापलाई साेझाे सेटमा पराजित गरेकाे थियोे ।
विभिन्न विधामा विजय हासिल गर्ने टिमलाई शिल्ड मेडल,प्रमाणपत्र कार्यक्रमका प्रमुख अतिथी भिमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धरले प्रदान गर्नुभएको छ।
सुषुप्त अवस्था रहेकाे खेलक्षेत्रलाई थप उर्जा दिन भिमेश्वर नगरपालिका मेयर मानन्धर आहाेरात्र खटिरहेकाे देख्न सकिन्छ ।उहाँ कै पहलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद का गतिविधि संचालन गर्न भिमेश्वर रंगशाला ,कवडहलहरू निर्माण भएकाछन ।यिनै पुर्वधारका कारण खेलकुदकै ईतिहासमा पहिलोपटक प्रदेश स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता गर्न सफल भएकाे हाे। चिसाे बाताबरणमा खेलाडीहरूलाई उच्च मनाेबलका साथ खेल प्रर्दशन गर्न सकिने सुन्दर पर्यटकिय स्थान भिमेश्वर नगरपालिकालाई खेलकुद हवका रूपमा विकास गर्न आगामी दिनमा थप निति तथा कार्यक्रम बनाउने मेयर मानन्धरले प्रतिबद्धता जाहेर गर्नुभयो । प्रतियाेगिता दाेलखाली नागरिक लागि केहिहत सम्म आर्थिक सम्वृद्धकाे काेशेढुङ्गा सावित भएको छ।
कार्यक्रममा दाेलखा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल,दाेलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महताे ,बागमती प्रदेश खेलकुद विकास समितिका पदाधिकारी ,सदस्य सचिव,खेलकुद परिषदका सदस्यहरूले विजय हासिल गर्ने खेलाडी र १३ वटै जिल्लाका अध्यक्ष ,टिम म्यानेजरलाई मेडलतथा प्रमाण पत्र प्रदान गर्नुभएको थियोे ।प्रतियोगितामा कराते, तेक्वान्दो, कवड्डी, एथलेटिक्स र भलिबल खेल भएका थिए ।
प्रदेशस्तरीय खेलमा स्वर्ण जित्ने टोलीले १५ औँ राष्ट्रपति रनिङशिल्डमा सहभागिता जनाउन पाउनेछन् । १७ गतेदेखि सुरु भएको प्रतियोगितामा आज सम्पन्न भएको हो । प्रदेश खेलकुद परिषदको आयोजना र जिल्ला खेलकुद विकास समितिको समन्वयमा भएको प्रतियोगितामा प्रदेश भित्रका १३ वटै जिल्लाका खेलाडीहरु सहभागि थिए ।