२८ असार २०८२, शनिवार

जनप्रतिनिधिलाई सिटौलाकाे आग्रह "नागरिक प्रति जिम्मेवार बन्दै आर्थिक समृद्धिका कार्यक्रम अघि बढाउनुस"

दीपशंकर चौलागाई१७ जेठ २०८२, शनिवार

दोलखा । नेपाली कांग्रेस राष्ट्रिय सभाका संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले जनप्रतिनिधिले जिम्मेवार र जवाफदेहिताका साथ नागरिकका हक अधिकारकाे सुरक्षित  गर्दै  जनपक्षीय याेजना  अगाडि बढाउनु पर्नेमा जाेड दिनुभयाे  । उहाँले भन्नू भयो " नागरिक प्रति जिम्मेवार बन्दै आर्थिक समृद्धि हुने कार्यक्रम अघि बढाउनुस्।"

दोलखाको सदरमुकाम चरिकोटमा बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै सिटौलाले 

 विकास, नागरिकका सेवा र सहजताका विषयमा समीक्षा गर्नुपर्ने समय आएको दावि गर्नु भयाे । 

नेपाली  खेलाडीले खेलकुद मार्फत राष्ट्रकाे अन्तर्राष्ट्रिय स्तरमा  गरिमा बढाउन महत्त्वपूर्ण भुमिका खेलेको बताउनुभयो ।खेलाडी  राष्ट्रकाे गाैरव हुन ,गाैरवकाे गाताकाे सम्मान गर्दै तिनै तहकाे सरकारले आफ्ना नीति कार्यक्रम  बनाउन लाग्नुस । आवश्यक परे नागरिकको आवस्यकताका आधारमा संविधान सशोधन गर्न सकिने छ सिटौलाले भन्नुभयो । केहि कानुन तथा ऐन ल्याउन र संशोधन गर्नको लागि संविधान बाधक बनेको खण्डमा सहमतिको आधारमा संविधान संशोधन गर्न पछि पर्न नहुने उहाँको  भनाइ थियो ।

केहि महत्त्वपूर्ण ऐन तथा कानुन र नागरिकको अधिकारको लागि संविधान संशोधन गर्नुपर्ने आवाज उठिरहेको सर्न्दर्भलाई कोट्याउँदै नेपाली जनताको हकहितको लागि ल्याएको संविधानलाई आवस्यकता हेरेर संशोधन गर्नसकिनेमा उहाँले आश्वासन दिनुभयो ।

त्यसैगरी प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले बागमती प्रदेश सरकारले पनि आउँदो बजेटमा खेलकुद क्षेत्रको बजेट दोब्बर बनाउने घाेषणा गर्नुभयो  । बागमती प्रदेशलाई खेलकुद हवका रूपमा स्थापित गर्ने  याेजना बागमती सरकारकाे रहेकाे मन्त्री काफ्ले ले सार्वजनिक  गर्नुभयो ।संघीय सरकारले समेत आगामी आर्थिक वर्षको बजेट भाषणामा गत वर्षको तुलनामा खेल क्षेत्रको बजेट वृद्धि गरेको उदाहरण मन्त्री काफ्लेले  प्रस्तुत गर्नुभएको छ । दोलखामा निर्माणाधीन भीमेश्वर रंगशालाको बाँकी काम सम्पन्न गर्न आगामी बजेटमा बजेटसँगै स्रोत सुनिश्चितता गर्ने समेत मन्त्री काफ्लेले प्रतिबद्धता जनाउनुभयाे।दोलखाका ९ पालिकामा टुक्रे र फाट्टफुट्ट बजेट रोकेर पालिका तथा जनताले दीर्घकालीन रूपमा उपभोग गर्ने खालका योजनालाई आगामी बजेटमा समेटेर ल्याउने उल्लेख गर्नुभयाे।

साथै मन्त्री काफ्लेले युवा खेलाडी उत्पादनमा प्रदेश सरकारले लगानी गर्ने र सहर केन्द्रित खेलकुद कार्यक्रमलाई ग्रामीण भेगमा समेत लैजानुपर्नेमा जोड दिनुभयाे।

 त्यसैगरी कार्यक्रममा बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले खेलकुदका संरचना निर्माणलाई गुणस्तर कायम गर्दै खेलकुदका गतिविधिलाई सक्रिय बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।देशका अन्य सात प्रदेशको तुलनामा बागमती प्रदेशमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी ६५ प्रतिशत रहेकोले  याे प्रदेशलाई खेलकुद हबको रूपमा बिकास गरिने जानकारी दिनुभयो । नेपाली कांग्रेस दाेलखाका सभापति  बर्मा लामाले  प्रदेश सरकारले सुनिश्चित गरेका बजेट र आगामी याेजना कांग्रेस  दाेलखाकाे समन्वय भईरहेकाे बताउनुभयाे। सबै याेजना नेपाली कांग्रेस दाेलखा ले  बनाएकाे हाे लामाले प्रष्ट  पार्नु भयाे ।पर्यटकी रूपमा पाेखरा,चितवन  पछि दाेलखा भएकाेले भिमेश्वर नगरपालिका मात्र नभई जिल्लालाई  नै खेलकुद पर्यटन,धार्मिक पर्यटन ,हाईडाे पर्यटनकाे केन्द्र विन्दुका रूपमा अगाडि  बनाउन आफ्ना नीति तथा कार्यक्रम  बनाएकाे र काम  तीब्र रूपमा भईरहेकाे भिमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण  मानन्धरले बताउनुभयो ।

आज देखि सुरु भएको १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता  सोमबार सम्म सञ्चालन हुनेछ।प्रदेश खेलकुद विकास परिषद मार्फत ६ विधाका खेल हुनेछन् । प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराँते र उस्सुका खेलहरु सञ्चालन हुने छन ।  प्रतियोगितामा बागमती प्रदेशका १३ जिल्लाका एक हजार चारसय ६९ जना खेलाडीको उपस्थिति रहेकोे  जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

 

लेखकको बारेमा

दीपशंकर चौलागाई

उहाँले विभिन्न विधामा कलम चलाउँदै आउनु भएको छ। 

न्युज अपडेटस्
न्युज ट्रेन्डिङ्ग