२७ असार २०८२, शुक्रवार

गणतन्त्र दिवसकाे उपलक्ष्यमा जिल्लामा विभिन्न कार्यक्रम

दीपशंकर चौलागाई१४ जेठ २०८२, बुधवार

भिमेश्वर मन्दिर सरसफाइ गर्दै

दीपशंकर चाैलागाई 

दाेलखा।गणतन्त्र दिवस २०८२ मुलसमाराेह समिति दाेलखाले जिल्ला विभिन्न  कार्यक्रम गरि मनाउँदै आएकाे छ।

सरकारले यस वर्ष गणतन्त्र दिवस तीनदिनसम्म भव्यताका साथ मनाउने निर्णय गरे  अनुरूप दाेलखा जिल्लामा आज  पवित्र  धार्मिक स्थल भिमेश्वर मन्दिरकाे सरसफाइ तथा चम्पुजा पार्कमा बृक्षाराेपण गरेको छ। 

आज साँझ दाेलखा सदरमुकाम चरिकोटकाे सातदोबाटोमा दिपावली गरि बिहीबार बिहान प्रभात फेरि गर्दै  

गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउने कार्यक्रम रहेकाे मुलसमाराेह समितिका अध्यक्ष प्रमुख जिल्ला  अधिकारी  शिवराम  गेलालले जानकारी दिनुभयो ।

मूल समारोह समितिमा  नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको १६ वर्ष पूरा भइ १७ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा नागरिकको आर्थिक सम्वृद्धी  कामना गर्दै दिवस मनाएकाे  डिभिजन वन कार्यालय दाेलखाका प्रमुख कृष्ण न्याैपानेले बताउनुभयो । न्याैपाने भन्नुहुन्छ 'डिभिजन वन कार्यालयकाे आर्थिक सहयाेगमा  'भिमेश्वर मन्दिर परिसर तथा चम्पुजा पार्क बृक्षराेपणा कार्यक्रम भएको हाे ।'

प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल,जिल्ला न्यायाधीश  उदव सुवेदी ,प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महताे,सशस्त्र  प्रहरी बल १८ नम्बर  गुल्माका गुल्मपति प्रहरी नायव उपरीक्षक  शम्भु विक्रम शाह,राष्ट्रिय अनुसन्धान का प्रहरी नायव उपरीक्षक धर्मानन्द चाैधरी मन्दिर सरसफाइकाे लागि  आफै कुचो  लिएर  निस्किए पछि गरूड दल गण चरिकोटका राष्ट्रसेवक कर्मचारी ,नेपाल  प्रहरीका राष्ट्रसेव कर्मचारी ,सशस्त्र प्रहरी बलका राष्ट्रसेवक कर्मचारी,डिभिजन वन कार्यालयका राष्ट्रसेवक कर्मचारीले मन्दिर परिसर सरसफाइ तथा चम्पुजा पार्क बृक्षराेपणा गरेका छन ।जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।

                    

लेखकको बारेमा

दीपशंकर चौलागाई

उहाँले विभिन्न विधामा कलम चलाउँदै आउनु भएको छ। 

न्युज अपडेटस्
न्युज ट्रेन्डिङ्ग