२८ असार २०८२, शनिवार

शान्ति सुरक्षा, सुव्यवस्था तथा सेवा प्रवाहमा चासो देखाउदै स्थानीय प्रशासनले गर्याे सार्वजनिक सुनुवाई

दीपशंकर चौलागाई१३ जेठ २०८२, मङ्गलवार

दाेलखा।राज्य नागरिकको हक, हित, सुरक्षा र समृद्धिको लागि स्थापित संस्था हो। राज्यले जनहित र जनकल्याणको लागि जनताका आधारभूत हक र अधिकार किटान गरी तिनको विधिसम्मत तवरले संरक्षण गर्नु पर्छ।  राज्य नागरिकको अभिभावक र संरक्षक रहेकाले राज्यलाई सबल, सक्षम र प्रभावकारी बनाई न्यायमूलक समाजको निर्माणका लागि राष्टसेवकले तोकेका कर्तव्यहरूको पालना गर्नुपर्छ। नागरिक अधिकार र कर्तव्यको पूर्ण परिपालना नभएमा राज्य सञ्चालनमा गतिरोध सिर्जना हुन जान्छ।

राष्ट्रसेवककाे काम कार्वाहीमा कतिकाे सन्तुष्ट छन ,नागरिक। सुधार गर्नुपर्ने पक्ष के के छन? सुक्ष्मरूले सुधार गर्ने उदेश्यले सदरमुकाम चरिकोटमा बृहत कार्यक्रम भएकाे छ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शान्ति सुरक्षा, सुव्यवस्था तथा सेवा प्रवाह सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भयाे। 

जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयकाे संयुक्त आयोजनामा  नेपाल  सरकारले निर्धारण  गरेका सेवा सुविधा दाेलखाली नागरिकले छिटो  छरितो  सरल र सहजरूपमा पाईरहेका छन कि छैन भन्ने विषयमा केन्द्रीत भई सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यक्रममा स्थानीयहरुले उठाएका जिज्ञाशाहरुको जिल्ला प्रशासन कार्यालय दोलखाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल ,बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक अरुण पौडेल र   जिल्ला  प्रहरी  कार्यालय दाेलखाका  प्रहरी  प्रमुख  प्रहरी नायव उपरिक्षक ज्ञान कुमार महतोले जवाफ दिएका थिए।

 कार्यक्रममा नागरिकले स्थानीय सरकारले गरेका कमिकजाेरी  सुधारका लागि  चर्काे रूपमा  प्रश्न समेत गरेका थिए।नागरिकले उठान गरेका विषयलाई भिमेश्वर पालिकाका प्रमुख तथा उपप्रमुखले आत्मसात गर्दै  प्रष्टपारेका छन।

 दोलखा पर्यटन सम्भावना बोकेको जिल्ला हो, यहाँको शान्ति सुरक्षा कायम गर्न प्रदेश प्रहरी प्रतिबध्द रहेको बताउदै   बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक अरुण पौडेलले  मुस्कानसहितको सेवा प्रवाह, महिला तथा अपाङ्गमैत्री व्यवहार र मानवअधिकारको सम्मान, प्रहरीको प्राथमिकता रहेको प्रष्ट पारे ।

त्यसै गरि जिल्ला प्रशासन कार्यालय दोलखाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सरकारी सेवा चुस्तदुरुस्त पार्न सबै तहबाट समन्वय र पहल आवश्यक रहेको बताए। नागरिक र राज्यबीचको सम्बन्ध बलियो बनाउने यस्ता कार्यक्रम आवश्यक ठानि आयोजना गरेकाे प्रजिअ गेलालले जानकारी गराए।

कार्यक्रममा  नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले सहमति र सहकार्यमा  काम गर्नुपर्नेमा जाेडदिए।सबैले मिलेर काम गर्दा मात्र सेवा प्रवाह प्रभावकारी हुन्छ,”लामाले भने। नेकपा एमाले दोलखाकी उपसचिव कमला बस्नेतले सार्वजनिक सुनुवाइ जस्ता कार्यक्रमले नागरिकमा सचेतना बढाउने र सेवाप्रवाह प्रभावकारी बनाउन मद्दत पुग्ने  विश्वास व्यक्त गरिन्। 

भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वर नारायण मानन्धरले सडक सुरक्षाको सन्दर्भमा प्रहरीसँग समन्वय गरेर काम भइरहेको जानकारी दिए।जिरी नगरपालिकाका नगरप्रमुख मित्र जिरेलले खावा क्षेत्रमा प्रहरी चौकी स्थापना आवश्यक रहेकोले स्थापना गर्न अपिल समेत गरे। कार्यक्रममा जिल्लास्थित सुरक्षा समितिका पदाधिकारी, स्थानीयतहका जनप्रतिनिधी, कार्यालय प्रमुखहरू, समाजसेवी, संचारकर्मी, बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरु लगाएत स्थानीयवासिन्दाहरूको समेत उपस्थिती रहेको थियो।

लेखकको बारेमा

दीपशंकर चौलागाई

उहाँले विभिन्न विधामा कलम चलाउँदै आउनु भएको छ। 

न्युज अपडेटस्
न्युज ट्रेन्डिङ्ग