२८ असार २०८२, शनिवार

लागू औषध सहित २ जना पक्राउ

ओके कान्तिपुर संवाददाता२५ वैशाख २०८२, बिहिवार

सिरहा – लहान बाट लागू औषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लहान नगरपालिका वडा नं. १५ बस्ने वर्ष २१ को सन्तोष यादव र नगरपालिका वडा नं. १६ बस्ने वर्ष २२ को जितेन्द्र यादव रहेका छन् ।

सिरहा लहान नगरपालिका वडा नं. १७ बलान खोला स्थित बलान खोलामा केही मानिसहरूले भारतबाट ०१-००४ प ५९८५ नम्बरको मोटरसाइकल र स ३ प १७२ नम्बरको मोटरसाइकल गरी जम्मा २ वटा मोटरसाइकलमा लागु औषध खरिद गरी बलान खोलाको बगर हुँदै लहान तर्फ आउँदै गरेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय लहान सिरहा र प्रहरी चौकी लहान सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त स्थानमा पुगी चेकजाँच गर्ने क्रममा बलान खोलाको बगरमा टाउको तथा पिठ्युँमा लागू औषधको बोराको पोका बोकेको उनीहरूको साथबाट लुकाई छिपाई राखेको दुई वटा बोराको एउटा पोकामा ONEREX- १००ML लेखिएको ११३ बोतल र अर्को पोकामा ONEREX- १००ML लेखिएको ९० बोतल गरी जम्मा २०३ बोतल फेला परेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

ओके कान्तिपुर संवाददाता

न्युज अपडेटस्
न्युज ट्रेन्डिङ्ग

सम्बन्धित समाचारहरु

रसुवाको बाढिपीडितकाे उद्धार र राहतमा खटिन कांग्रेस सभापति देउवाको अपिल

गोंगर खोलामा बाढी,सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालय दोलखाले आग्रह

दाेलखाली नागरिकका आँखामा छाराे हाल्ने काम बन्द गर्न दलहरूलाई नागरिक समाजकाे आग्रह

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न आदेश

गणतन्त्र दिवसकाे उपलक्ष्यमा जिल्लामा विभिन्न कार्यक्रम

बागमती प्रदेश साधारण सभा

कांग्रेस कार्यसम्पादन बैठक जारी, विकसित राजनीतिक घटनाक्रमबारे छलफल

विवाहको उमेर २० वर्ष कायम राख्ने कि घटाउने? यस्तो छ सांसदहरूको तर्क

धार्मिक पर्यटन प्रवर्द्धनको लागि चैत्र १७ देखि बज्रगुरु मन्त्रजप