२७ असार २०८२, शुक्रवार

शिक्षक महासंघ र सरकार बिच नौ बुँदेमा सहमति ,

ओके कान्तिपुर संवाददाता१७ वैशाख २०८२, बुधवार

१७बैशाख , काठमाडौ ।सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच सहमति भएको छ।बुधबार साँझ सम्पन्न शिक्षक महासंघका प्रतिनिधि र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तसहितको सरकारी वार्ता टोलीबीच सहमति भएको हो।

नेपाल शिक्षक महासंघका सहअध्यक्ष नानुमाया पराजुलीले आफूहरूका नौ बुँदे माग सम्बोधन गर्न सरकार तयार भएको जानकारी दिइन्।

‘नौ बुँदे मागमा सहमति भएको छ। अब मन्त्रिपरिषद्‍ले अनुमोदन गरे शिक्षक आन्दोलन रोकिन्छ’ पराजुलीले भनिन्।

यस्तै, शिक्षा मन्त्रालयका सचिव दीपक काफ्लेले पनि शिक्षा ऐन छिट्टै पारित गर्ने र शिक्षकले आन्दोलन रोक्ने सहमति भएको बताए।‘शिक्षकका सबै माग सम्बोधन हुने भएको छ। एउटा खाका बनाउन सरकारको निर्णय आवश्यक छ’ उनले भने, ‘त्यसका लागि मन्त्रिपरिषद् बैठक बस्दैछ।

नेपाल सरकारबाट निर्णय भएर आएपछि लागू हुन्छ।’

 

 

 

 

 

लेखकको बारेमा

ओके कान्तिपुर संवाददाता

न्युज अपडेटस्
न्युज ट्रेन्डिङ्ग

सम्बन्धित समाचारहरु

रास्वपाको ऊर्जा तथा जलस्रोत विभागले गर्यो चोभार गल्छीको भविष्यबारे नीतिगत संवाद

जिरी नगरले ल्यायो ५७ करोड ४७ लाख १६ हजार बजेट

मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु

नौ बुँदेमा सहमति भयो, मन्त्रिपरिषद्‍ले अनुमोदन गरे आन्दोलन रोकिन्छः महासंघ शिक्षा ऐन छिट्टै पारित गर्ने र शिक्षकले आन्दोलन रोक्ने

शिक्षक महासंघले सरकार समक्ष पेश गर्‍यो ९ बुँदे प्रस्ताव, वार्ता भोलि टुंग्याउने सहमति

भ्वाइस अफ नेपालको सिजन ६ को विजेता आफूलाई चुन्नेमा विश्वस्त रहेकाे छु:-प्रोशेष पाण्डे

अनेरास्ववियू, नेविसंघ, अनेरास्ववियू क्रान्तिकारी सहमतिमा बस्नेत स्ववियु सभापति बने

शिक्षा विधेयकमा सहमति जुटाउन उपसमिति बनाउँदै संसदीय समिति

एसइई परीक्षा दिन आएका एक परीक्षार्थीको डुबेर मृत्यु

प्रहरी महानिरीक्षकमा दिपक थापा नियुक्त