२८ असार २०८२, शनिवार

लडेर एक बृद्धको मृत्यु

ओके कान्तिपुर संवाददाता१८ चैत २०८१, सोमवार

दोलखा, चैत १८ । झाँक्री टाेलबाट फर्कने क्रममा
  लडेर मेलुङ गाउँपालिका वडा नम्बर–५ नियासिपाखर्कमा आईतबार एक बृद्धको मृत्यु भएको छ ।

व्यक्तिगत कामको सिलसिलामा नजिकै रहेको झाँक्री गाउँबाट फर्कने क्रममा लडेर अन्दाजी ६५ बर्षिय वीर बहादुर विकको मृत्यु भएको दोलखा प्रहरीले जनाएको छ । विक बाटोमा रहेको खेतको करिब ४ फिट अग्लो कान्लाबाट लडेको र छोराले देखेर उठाएर घर लैजानेबित्तिकै मृत्यु भएको हो ।

घटनाको बारेमा थाहा पाए लगत्तै मेलुङ प्रहरी चौकीले घटनास्थल सुरक्षित राखेको र जिल्ला प्रहरी कार्यालय दोलखाबाट प्रहरी निरिक्षक दाताराम अधिकारी नेतृत्वको टोलीले घटनास्थल पुगेर अनुसन्धान गरीरहेको छ ।

लेखकको बारेमा

ओके कान्तिपुर संवाददाता

न्युज अपडेटस्
न्युज ट्रेन्डिङ्ग