भ्वाइस अफ नेपालको सिजन ६ को विजेता आफूलाई चुन्नेमा विश्वस्त रहेकाे छु:-प्रोशेष पाण्डे

साधारण जिवन शैली, उच्च विचारका धनी, सबैसंग समान व्यवहार गर्न सक्ने क्षमता अनि सकारात्मक सोचका साथ अघि बढ्नु पर्छ भन्ने मान्यता राख्ने १८ वर्षिय प्रोशेष पाण्डे पिता प्रकाश चन्द्र पाण्डे (विकास पाण्डे) तथा माता शुभद्रा पाण्डेको कोखबाट २०६३ असारमा जन्मिएका हुन् । पुख्यौली धाडिङ भए पनि काठमाडौमा जन्मि हुर्किय । किर्तिपुर स्थित ल्याब्रोटरीमा बिद्यालय स्तरको पढाई सकि हाल सामाखुशी स्थित तक्षशिला एकेडेमीमा १२ पढ्दै छन् । सानै उमेर देखि गित गाउन मन पराउने पाण्डे बहुमुखी प्रतिभाका धनि हुन भन्दा फरक नपर्ला । तर गायनमा उनको विशेष रुचि रहेको बताउँछन् । आफू सानो हुँदा अहिलेको जस्तो टेलिभिजन, रेडियो धेरै नहुने र भए पनि कसरी कुन माध्यमबाट आफू त्यहाँ सम्म पुग्न सकिन्छ भन्ने ज्ञान नभएको प्रति गुनासो गर्छन् । कतै रेडियो, टेलिभिजनमै मानिसहरु हुन्छन् र त्यहीबाट गाउने हो कि भन्ने पनि सोच्ने गर्थे, आफ्नो बच्चा बुद्धि न हो, पछि थाह पाएपछि माध्यमहरु धेरै हुने रहेछन् भन्ने थाह पाएको बताउँछन् । त्यसो त जहाँ इच्छा त्यहाँ उपाय हुन्छ भन्ने कुरालाई नकार्न सकिन्न । रेडियो नेपालका विभिन्न कार्यक्रममा पनि आफूले भाग लिएको र उत्कृष्ट नै भएको बताउँछन् । आफुलाई कर्म दिने बाबा भन्न रुचाउँछन् रमेश सुवेदी लाई । उहाँको मार्गदर्शनले नै आज यहाँ सम्म आइपुगेकोमा आफूलाई गर्व महसुस गरेको बताउँछन् । बिद्यालयमा पनि विभिन्न कार्यक्रम हुँदा आफूले भाग लिने र गाउने गरेको साथै सा रे ग म प मा पनि आफूले भाग लिएको स्मरण गर्छन् । सबै मान्यजनबाट वाहवाहको तारिफ आउँदा आफूलाई थप उर्जा मिलेको जानकारी दिन्छन् ।
हुन त परिवारमा कोही पनि सांगितिक क्षेत्रमा नलागेको, आफू मात्र यो क्षेत्रमा लागेको बताउँछन्, तर पारिवारिक सदभाव र सहयोग सदैव पाइरहेकोमा आफूलाई खुशी लागेको बताउँछन् । त्यसमा पनि ठूलोबाबा दिपक के सि को प्रेरणाले गर्दा आफू भ्वाइस अफ नेपालको सिजन ६ मा आफू आउन सफल भएको कुरालाई नकार्न सकिदैन । भ्वाइस अफ नेपालको सिजन १ दखि नै आफूले हेर्ने गरेको बताउँछन् । ओहो मेरो सपनाको संसार त यही पो रहेछ भनेर मन मनै सोच्ने गरेको र जसरी पनि अब भाग लिने अठोट गरेको स्मरण गर्छन् । सिजन ६ सम्म आइपुग्दा आफूले अब भाग लिने नै अड्डी कसेको बताउँछन् ।
तर उनलाई यहाँ सम्म आउन सहज थिएन । किनकी उनी अरु मानिस जस्तो सामान्य थिएनन्, उनी जन्मिदै ब्लाइन्ड हुन् । हरेक परिस्थिति संग जुध्न सक्ने क्षमता जो कोही संग हुँदैन । भाग्य भन्दा धेरै र समय भन्दा बढी कसैले पनि केही नपाउने पनि उनी मान्यता राख्छन् । समय नै सबै भन्दा ठूलो मल्हम भएको बताउँने उनी हरेक मानिसको जिवनमा एक पटक मात्र अवसर आउँछ त्यही अवसरलाई समात्न सके सफलता आफ्नै हातमा हुने कुरामा विश्वास राख्ने बुलन्द व्यक्ति हुन् । ५५ हजारले डिजिटल अडिसन दिएको र त्यसमा ब्लाइन्ड अडिसनको लागि आफूलाई कल आउँदाको क्षण सम्झिदा भावुक हुन्छन् । मेहनत र धैर्य गर्नु पर्छ । जित सदैव आफ्नै हातमा हुने कुरामा उनी विश्वास गर्छन् । रियालिटी सो चल्दै गर्दा गित गाउने अवसर पनि विभिन्न ठाउँबाट आइरहेकोमा आफू हर्षित भएको बताउँछन् । दर्शक श्रोताको अपार माया र भोटले भ्वाइस अफ नेपालको सिजन ६ को विजेता आफूलाई चुन्नेमा विश्वस्त रहेको बताउँछन् ।