विद्युत् आपूर्ति निरन्तर गर्न भारतसंग पहल गरेको छु: परराष्ट्रमन्त्री राणा

८चैत । काठमाडौ परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालमा जारी विद्युत् अभाव समाधान गर्न भारतबाट विद्युत् आपूर्तिको मात्रा बढाउने विषयमा कूटनीतिक पहल भएको जनाएकी छिन् ।
भारत भ्रमणमा रहनुभएकी मन्त्री राणाले स्वदेश फर्कनु अघि यस्तो जनकारी गराउनु भएको हो । उहाँले आफूले नेपालतर्फ भइरहेको विद्युत निर्यातलाई निरन्तरता दिन र थप बढाउन अनुरोध गरेको बताईन।
उर्जामन्त्री दिपक खड्काले भारतबाट आउने बिजुली सुख्खा याममा कटौती हुने भएकाले लोडसेडिङ हुनसक्ने बताइरहेका बेला परराष्ट्रमन्त्री राणाले यो कुटनीतिक पहल गरेको जानकारी दिए।
उनले सामाजिक सञ्जालमा लेखेकी छिन्।
यस पटक मेरो दिल्ली भ्रमणका क्रममा नेपालमा जारी विद्युत् अभाव समाधान गर्न भारतबाट नेपालमा विद्युत् आपूर्तिको मात्रा बढाउने विषयमा कूटनीतिक पहल पनि गरियो। यो पहल विद्यमान द्विपक्षीय सम्झौता अन्तर्गत र भारतीय ऊर्जा एक्सचेञ्ज (IEX) मार्फत लामो अवधिसम्म दैनिक रूपमा विद्युत् आयात गर्न सक्ने व्यवस्था मिलाउने उद्देश्यले गरिएको थियो।
ऊर्जामन्त्री र विद्युत प्राधिकरणका एमडी कुलमान घिसिङ बीचको व्दन्दका कारण औद्योगिक क्षेत्रमा विद्युत कटौती हुन थालिसकेको छ । यो अवस्था घरयासी प्रयोजनको विद्युत सेवामा पनि पर्ने अडकल काटिएको छ । यद्यपी घिसिङले निजी घरमा लोडसेडिङ नगर्ने बताउँदै आउनु भएको छ